नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनी २०८३ मा महालक्ष्मी विकास बैंकको सहभागिता

काठमाडौँ। महालक्ष्मी विकास बैंकले नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनी २०८३ मा सहभागिता जनाएको छ । असोज १ गतेदेखि ४ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन भइरहेको नवौंं संस्करणको नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनी २०८३ मा बैंकले सहभागिता जनाएको हो  ।

नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा भईरहेको उक्त प्रदर्शनीमा महालक्ष्मी विकास बैंकले घरजग्गाा खरिद तथा घर निर्माण गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार ग्राहकहरूको आवश्यकता अनुसार सरल, सहज र प्रतिस्पर्धी वित्तिय सेवा उपलब्ध गराउउँदै आवास तथा निर्माण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने उद्धेश्यका साथ बैंकले सहभागिता जनाएको हो ।

हाल विकास बैंकहरुमा सबै भन्दा प्रतिस्पर्धी ब्याजदरमा घरजग्गाा खरिद तथा घर निर्माण कर्जा प्रदान गरिरहेको यस बैंकले आकर्षक ब्याजदरमा कर्जा प्रदान गर्नेछ ।

यस अवसरमा बैंकले प्रशासनिक शुल्कमा समेत विशेष छुट प्रदान गर्नेछ । भाद्र महिनाको लागि हाल बैंकको आधार दर ५.६४ प्रतिशत रहेको छ जसको प्रत्यक्ष लाभ घरजग्गाा खरिद तथा घर निर्माण कार्यको लागि कर्जा लिने ग्राहकहरुले लिन सक्नेछन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्