काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नरले हस्ताक्षर गरेको ५० रुपैयाँको नोट बजारमा आएको छ। राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले हस्ताक्षर गरेको ५० रुपैयाँको नोट बजारमा आएको हो।
नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले ५० रुपैयाँ दरको नयाँ बैंकनोट प्रचलनमा ल्याउने सूचना जारी गरेको छ। बैंकका अनुसार साविककै आकार तथा डिजाइनमा तयार गरिएको उक्त नोटमा केही नयाँ विशेषताहरू समावेश गरिएको छ।
नोटको अगाडिको भागमा सगरमाथाको चित्र, बायाँपट्टि हिमालको चित्र तथा दायाँपट्टि लालिगुराँसको पानीछाप रहेको छ भने नोटको तल्लो भागमा सिरिज नम्बर उल्लेख गरिएको छ। बैंकले नयाँ नोट २०८३ साल असोज २ गतेदेखि चलनचल्तीमा ल्याएको जनाएको छ।
साथै, यसअघि जारी गरिएको ५० रुपैयाँ दरका नोटहरू पनि यथावत् रूपमा चलनचल्तीमा रहने बैंकले स्पष्ट पारेको छ। यो हेर्नुहोस्:




