गुराँस लघुवित्तले १० प्रतिशत लाभांश दिने, सेयरधनीहरु मख्ख !

काठमाडौँ। गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ। लघुवित्तको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२-८३ का लागि लाभांश दिने घोषणा गरेको हो।

बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १३ करोड २३ लाख ५८ हजार ५३.७५ रुपैयाँको कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लघुवित्तले ९.५ प्रतिशतले हुन आउने १ करोड २५ लाख ७४ हजार १५.११ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशतले हुन आउने ६ लाख ६१ हजार ७९०.२७ रुपैयाँबराबरको नगद लाभांश दिने जनाएको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने भएको छ। 

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्