स्रोत नखुलेको ३४ लाख ९५ हजार नगद सहित दुई जना प्रहरीको फन्दामा, थप अनुसन्धान जारी ! (सूचनासहित)

काठमाडौं । स्रोत नखुलेको नगद सहित दुई जना प्रहरीको फन्दामा परेका छन्। काठमाडौं महानगरपालिका २९ स्थित अनामनगरमा स्रोत नखुलेको हुण्डी रकमको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका २ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय सन्तोष भुसाल र पर्साको वीरगञ्ज महानगरपालिका २९ घर भएका ४० वर्षीय प्रवेश महतोलाई नियन्त्रणमा लिएको हो।

उनीहरूको साथबाट रु. ३४ लाख ९५ हजार नगद बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनालाई हुण्डी कारोबारसम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिइ घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीले सार्वजनिक गरेको सूचना हेर्नुहोस्:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्