महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो नर्सिङ रुम तथा डे-केयर सेवा

काठमाडौँ। महालक्ष्मी विकास बैंकले नर्सिङ रुम तथा डे-केयर सेवा सञ्चालनमा ल्याएको छ। बैंकले एक सूचना जारी गर्दै महिला कर्मचारीहरूको सहजता, सम्मान र गोपनीयतालाई प्राथमिकतामा राखी केन्द्रिय कार्यालय, दरबमारमार्गमा नर्सिङ रुम तथा डे-केयर सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

बैंकले स्तनपान गराईरहेका महिला कर्मचारीहरुलाई सुरक्षित, सहज, स्वच्छ तथा गोपनीय वातावरण उपलब्ध गराउने उद्देश्यले शिशु स्याहार कक्ष तथा डे केयरको स्थपना गरेको हो ।

महालक्ष्मी महिला नेतृत्व तथा विकास फोरमको अध्यक्षले उक्त स्याहार कक्षको उद्घाटन गरेका हुन् ।

बैंकले समावेशिता र लैङ्गिक समानतालाई प्राथमिकतामा राख्दै आएको छ । कर्मचारीमैत्री, परिवारमैत्री तथा समावेशी कार्यसंस्कृती निर्माण गर्दै मातृत्वप्रतिको सम्मान, कार्य-जीवन सन्तुलन तथा कर्मचारी कल्याणलाई प्रबद्र्धन गर्ने बैंकको र्दीघकालीन प्रतिबद्धताको निरन्तरता स्वरुप यो पहल गरिएको हो ।

महालक्ष्मी विकास बैंकले ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्