दराजमा सामान किन्दा महालक्ष्मी विकास बैंकका ग्राहकलाई छुट

काठमाडौँ। महालक्ष्मी विकास बैंक र दराज नेपालबीच सम्झौता भएको छ। बैंक र दराज नेपालबीच ११.११ अभियानका अवसरमा ग्राहकलाई छुट उपलब्ध गराउने सम्बन्धमा सहकार्य भएको हो ।

सहकार्य अनुसार महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गर्दा २० प्रतिशतसम्म छुट पाउनेछन् ।  बैंकका अनुसार २०८३ कात्तिक १५ गतेदेखि कात्तिक २५ गतेसम्म लागू हुने योजनामा डेबिट कार्डबाट भुक्तानी गर्दा खरिद रकमको १५ प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँसम्म छुट पाइनेछ । महालक्ष्मी विकास बैंक र दराज नेपालले ग्राहकहरूको सुविधा, लाभ र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै ‘११.११’ (11.11) अभियानका लागि सहकार्य गरेका छन्।

यस सहकार्यमार्फत ग्राहकहरूले दराज नेपालमा किनमेल गर्दा महालक्ष्मी विकास बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी विशेष अफर र छुटहरू प्राप्त गर्न सक्नेछन्।विश्वव्यापी रूपमा मनाइने ‘११.११’ अभियानको एक हिस्साका रूपमा, महालक्ष्मी विकास बैंकले दराज नेपालसँगको यो सहकार्यमार्फत आफ्ना डिजिटल बैंकिङ सेवाहरूलाई अझ विस्तार गर्ने लक्ष्य राखेको छ। यस सहकार्य अन्तर्गत, महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले २०८३ साल कात्तिक १५ गतेदेखि कात्तिक २५ गतेसम्म दराज नेपालमार्फत गरिने खरिदमा विशेष छुट पाउन सक्नेछन्।

डेबिट कार्ड खरिद रकममा १५% वा अधिकतम १,५०० रुपैयाँसम्मको छुट, क्रेडिट कार्ड: खरिद रकममा २०% वा अधिकतम २,००० रुपैयाँसम्मको छुट ग्राहकलाई दिइनेछ। छुट प्राप्त गर्नका लागि ग्राहकहरूले दराजबाट ‘भाउचर’ (voucher) संकलन गर्नुपर्नेछ। यस अभियानमा सहभागी हुने ग्राहकहरूलाई ‘पहिलो आउनेले प्राथमिकता पाउने’ (first-come, first-served) आधारमा छुट उपलब्ध गराइनेछ। यस सहकार्यमार्फत, बैंकले आफ्नो डिजिटल उपस्थिति बलियो बनाउने, ग्राहकहरूलाई सहज भुक्तानी अनुभव प्रदान गर्ने र डिजिटल नवप्रवर्तनको प्रयोगलाई प्रोत्साहन गर्दै ग्राहक सन्तुष्टि अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।

गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न प्रतिबद्ध महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा ‘डिजिटल हब’ पनि सञ्चालनमा ल्याएको छ, जसमा कफी लाउन्जको सुविधा समेत उपलब्ध छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्