सिद्धार्थ बैंकले सेयरधनीहरूलाई कुल २० प्रतिशत लाभांश दिने

काठमाडौँ। सिद्धार्थ बैंकले लाभांश दिने घोषणा गरेको छ। बैंकले आर्थिक वर्ष २०८२-८३ का लागि आकर्षक लाभांश दिने घोषणा गरेको हो ।

बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँको कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा १० प्रतिशतले हुन आउने १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँबराबरको बोनस सेयर र १० प्रतिशतले हुन आउने १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्।

बैंकले अग्राधिकार शेयरधनीहरुलाई ८.५ प्रतिशतले हुन आउने १० करोड ७५ लाख ८९ हजार ४१ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी वितरण गरिने बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्