सिटिजन्स बैंकले ४ प्रतिशत लाभांश दिने, सेयरधनीहरू मख्ख !

काठमाडौँ । सिटिजन्स बैंकले लाभांश दिने घोषणा गरेको छ । बैंकले आफ्ना सेयरधनीहरूलाई ४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकको भदौ ३१ गते बसेको ५२१औँ सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । बैंकका अनुसार कुल चुक्ता पुँजीको ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको छ । 

लाभांश वितरण गर्ने बैंकको प्रस्ताव नेपाल राष्ट्र बैंकद्वारा स्वीकृति भएपछि र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्