काठमाडौँ। नेशनल लघुवित्तको अध्यक्षमा क्षितिज खड्का नियुक्त भएका छन्। राष्ट्र बैंकलाई झुक्याउने भन्दै निष्क्रिय कर्जाका फाइल लुकाउन उर्दी जारी गर्ने क्षितिज खड्का नेशनल लघुवित्तको अध्यक्ष नियुक्त भएका हुन्।
उनी हाल कुमारी बैंकमा कार्यरत छन् । कुमारी बैंकमा उनले आफ्ना सहकर्मीहरुलाई इमेल नै गरेर निष्क्रिय कर्जाका फाइल हरु लुकाउन इमेल गरेका थिए । सोहि फाइलहरु लुकाएपछि कुमारी बैंकको नाफा देखिएको थियो । सोहि ‘शंकास्पद’ नाफा उपर अहिले लाभांश वितरण गर्न माग गर्दै कुमारी बैंक राष्ट्र बैंक पुगेको छ ।
भदौ २९ गते बसेको लघुवित्त सञ्चालक समितिको २१२औं बैठकले सर्वसम्मत रूपमा खड्कालाई अध्यक्षमा नियुक्त गरेको हो।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, एकीकृत निर्देशन २०८२ तथा संस्थाको नियमावली अनुसार कायम रहेका सञ्चालकमध्येबाट क्षितिज खड्कालाई अध्यक्षमा नियुक्त गरिएको हो ।
उनी अध्यक्ष भएपछि अव नेशनलमा पनि कुमारी बैंकजस्तै निष्क्रिय कर्जाको फाइल लुकाएर नाफा बढेको देखिन्छ वा त्यसो गर्न त्यहाँ अरु संचालकले दिंदैनन भने हेर्न बाँकी छ ।


