ग्रिन डेभलपमेन्ट बैंकको डिसिइओमा विकास ढुङ्गाना नियुक्त

काठमाडौँ। ग्रिन डेभलपमेन्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) मा विकास ढुङ्गाना नियुक्त भएका छन् । भदौ २९ गते बसेको बैंक संचालक समितिको बैठकले बैंकको डिसिइओमा विकास ढुङ्गानालाई नियुक्त गरेको हो।

उनीसँग बैंकिङ क्षेत्रमा करिब १७ वर्षभन्दा लामो काम गरेको अनुभव छ।

ढुङ्गानाले यसअघि कामना सेवा विकास बैंकमा नायब महाप्रबन्धकको जिम्मेवारी सम्हालिसकेका छन्। अब भने ग्रिन डेभलपमेन्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) को जिम्मेवारी सम्हाल्नेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्