‘२१ बुँदे पूँजी बजार कार्ययोजनाले बैंकिङ प्रणालीको बचत बजारमा परिचालन हुने अपेक्षा छ’- सिइओ ज्ञवाली

काठमाडौँ। नबिल बैंकका सिइओ मनोज ज्ञवालीले पूँजी बजार पुनरुत्थान कार्ययोजनाले बैंकिङ क्षेत्रमार्फत बजारमा नयाँ ऊर्जा थप्ने बताएका छन्। सामाजिक संजाल फेसबुकमा लेख्दै उनले संस्थागत लगानीकर्ताको पोर्टफोलियो पुन:सन्तुलन गर्ने व्यवस्था पूँजी बजारका लागि महत्वपूर्ण कदम भएको बताएका हुन् ।

उनका अनुसार ठूलो संस्थागत बचत पूँजी बजारमा परिचालन हुँदा बजारको माग विस्तार हुनुका साथै अत्यधिक अल्पकालीन कारोबारबाट सिर्जना हुने अस्थिरता समेत घट्न सक्छ। त्यस्तै, सिडीएस तथा क्लियरिङ्गको क्षमता अभिवृद्धिले बढ्दो कारोबारलाई सहज रूपमा व्यवस्थापन गर्न सहयोग गर्ने र पूँजी बजारको डिजिटल तथा संस्थागत पूर्वाधार थप बलियो बन्ने उनको भनाइ छ।

उनले बैंक तथा वित्तीय संस्थाको पूँजी बजार लगानीसम्बन्धी विद्यमान सीमा तथा जोखिम संरचनाको पुनरावलोकनलाई पनि बैंकिङ क्षेत्रको दृष्टिले महत्वपूर्ण मानेका छन्। बैंक तथा वित्तीय संस्थाको शेयर बजार संक्रमण, अन्तरसम्बन्धता, फैलावट प्रभाव, वित्तीय संक्रमणतथा प्रणालीगत जोखिमको समीक्षा गर्दै लगानीको जोखिम व्यवस्थापन गर्न खोजिएको भन्दै मनोजले यसले बैंकिङ प्रणाली र पूँजी बजारबीच सन्तुलित सम्बन्ध कायम गर्न मद्दत पुग्ने बताए।

अर्थ मन्त्रालयले जारी गरेको ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना २०८३’ ले सुस्ताएको पूँजी बजार र समग्र अर्थतन्त्रमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

https://www.facebook.com/share/p/1P7HVjmqPP/

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्