National

‘अन्तरबैंक पुरुष फुटसल’ को उपाधि सिद्धार्थ बैंकलाई

काठमाडौं । राष्ट्र बैंकको वीरगञ्ज कार्यालयले आयोजना गरेको ‘अन्तरबैंक पुरुष फुटसल’ प्रतियोगिताको उपाधि सिद्धार्थ बैंकले हात पारेको छ । नेपाल राष्ट्र  बैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा राष्ट्र  बैंकको वीरगञ्ज कार्यालयले आयोजना गरेको प्रतियोगिताको उपाधि सिद्धार्थ बैंकले जितेको हो ।

बैशाख ९ देखी १२ गतेसम्म आयोजना भएको उक्त प्रतियोगितामा १९ बैंक तथा वित्तीय संस्थाहरूले भाग लिएका थिए ।

बुधबार वीरगञ्ज स्थित हाम्रो फुटसल मैदानमा भएको फाइनल खेलमा प्रतिस्पर्धी टिमलाई ६-० गोल अन्तरले हराउँदै सिद्धार्थ बैंकले उपाधि जितेको हो । विजेता टिमलाई वीरगञ्ज उपमहानगरपालिकाका मेयर राजेश मान सिंहले ट्रफी हस्तान्तरण गरेका थिए ।

सो फाइनल खेलमा ४ गोल गर्दै सिद्धार्थ बैंकका सुदीप ताम्राकार म्यान अफ द म्याच भएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Crime