National

टियागो इभी किन्न नबिलले ९.९९% ब्याजदरमा कर्जा दिने

काठमाडौं । टाटाको टियागो इभी किन्न चाहनेहरुलाई नबिल बैंकले ८० प्रतिशतसम्म कर्जा दिने भएको छ । बिहिबार टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नबिल बैंकसँग सम्झौता गरेको हो ।

उक्त्त सम्झौता अनुसार टियागो इभी खरिद गर्न चाहनेहरुले नबिल बैंकका देशभर रहेका जुनसुकै शाखामार्फत ८० प्रतिशतसम्म सहजै कर्जा पाउने बैंकले जनाको छ । कर्जाको ब्याजदर ९.९९ प्रतिशत तोकिएको छ ।

हाल ५.२९ लाख डाउनपेमेन्टमा बजारमा उपलब्ध टियागो इभी नेपाली बजारमा १ हजार ६ सय भन्दा बढी बिक्री भइसकेको सिप्रदी ट्रेडिङले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै