National

सिद्धार्थ बैंकले गर्यो कर्जा जोखिम न्यूनीकरण सम्बन्धी सम्झौता

काठमाडौँ । सिद्धार्थ बैंकले कर्जा जोखिम न्यूनीकरण सम्बन्धी सम्झौता गरेको छ । बैंकले नवीकरणीय ऊर्जा प्रवर्द्धन गर्ने उद्देश्यले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग कर्जा जोखिम न्यूनीकरण सम्बन्धी सम्झौता गरेको हो ।

बैंक र केन्द्रबीच भएको सम्झौताले बैंकको नवीकरणीय ऊर्जा परियोजनाहरू जस्तै सोलार नेट मिटरिङ, १ मेगावाटसम्मको ग्रिड टाइड सोलार परियोजना, फोहोरबाट ऊर्जा निकाल्ने परियोजना, मिनी र माइक्रो हाइड्रो, घरपरिवारमा विद्युतीय खाना पकाउने, सिँचाइका लागि सौर्य पानी पम्प र विद्युतीय परिचालनमा कर्जा लगानी गर्न थप प्रोत्साहन गरेको छ ।

उक्त सम्झौता अनुसार दिगो ऊर्जा चुनौती कोषसँग समन्वय गरी बैंकको नवीकरणीय ऊर्जा परियोजनामा प्रवाह भएको कर्जाको २० प्रतिशत रकम वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत ग्यारेन्टी हुनेछ ।

त्यसैगरी सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका तर्फबाट कार्यकारी निर्देशक नवराज ढकालले हस्ताक्षर गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै