अब मौखिक आदेशमै बैंक खाता रोक्का हुने

काठमाडौँ। अब मौखिक आदेशमै बैंक खाता रोक्का हुने भएको छ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै यस्तो व्यवस्था लागू गरेको हो ।

जस अनुसार वित्तीय अपराधसँग सम्बन्धित शङ्कास्पद बैंक खाता अनुसन्धान अधिकारीको मौखिक आदेशका आधारमा पनि अल्पकालीन अवधिका लागि रोक्का गर्न सकिने भएको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले वित्तीय अपराध न्यूनीकरणका लागि कुनै कसुरको अनुसन्धान गर्ने वा कानून कार्यान्वयन गर्ने अधिकारीको मौखिक वा लिखित अनुरोध प्राप्त भएमा सम्बन्धित बैंक खाता अल्पकालीन अवधिका लागि रोक्का राख्न २४सै घण्टा र सातै दिन (२४/७) कार्य गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।

राष्ट्र बैंकले यस्तो समन्वय सहज बनाउन प्रत्येक बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइटमा यससम्बन्धी कार्यका लागि समर्पित (डेडिकेटेड) सम्पर्क नम्बर राख्नुपर्ने व्यवस्था पनि गरेको छ ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै