काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंकमा धितो राखिएको सुन आन्दोलनका क्रममा लुटिएको घटनाले नयाँ विवाद चर्किएको छ । बैंकबाट सुन हराएपछि आफ्नो ऋण चुक्ता गर्न पुगेका सेवाग्राहीहरूले बैंकमाथि गम्भीर आरोप लगाएका हुन्।
राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वरस्थित शाखामा ठूलो लुटपाट भएको घटना सार्वजनिक भएको थियो। आन्दोलनका क्रममा प्रदर्शनकारीहरूको एक समूहले बैंकमा प्रवेश गरी नगद रकम र सुन लुटेको नेपाल राष्ट्र बैंकका गभर्नर तथा राष्ट्रिय वाणिज्य बैंकका अधिकारीहरूले बताएका छन्।
घटना अनुसार राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट करिब १८ किलोग्राम सुन र ५ करोड रुपैयाँभन्दा बढी नगद चोरी भएको थियो। बैंकका प्रमुख कार्यकारी अधिकृतले सुनको बजार मूल्यका आधारमा यसको मूल्य ३३ करोड रुपैयाँभन्दा बढी हुने बताएका थिए। उक्त सुन बैंकले सुन धितो कर्जाका लागि राखेको धितो सुन थियो।
ग्राहकका व्यक्तिगत लकरमा रहेको सुन भने सुरक्षित रहेको बैंकले जनाएको थियो।


