HIMALAYAN LIFE

बहसमा खराब ऋण प्रोभिजन गर्नुपर्ने व्यवस्था: कुमारीका सीइओले फाइल नै लुकाए, एनआईसीका सीइओले चित्त दु:खाए

काठमाडौँ । खराब ऋणलाई शत प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्थाका कारण धेरै बैंक तनावमा छन् । धितो असुलीको प्रक्रिया सुरु नगरौं, ऋणी ऋण तिर्न नै आउँदैन, गरौँ, प्रक्रिया सुरु गर्ने बित्तिकै सो ऋण शत प्रतिशत प्रोभिजन गर्नुपर्छ । यहि नियमका कारण धेरै बैंकर तनावमा छन् । यहि तनाव अर्थमन्त्रीसँगको बैठकमा केहि सीइओहरुले खुलेरै पोखे ।

खराब ऋणलाई गरिनुपर्ने प्रोभिजनको व्यवस्था परिमार्जन गर्नुपर्ने कुरामा बैंकर मनोज ज्ञवालीको विशेष जोड थियो । खराब ऋणलाई प्रोभिजन गर्नुपर्ने नियामकीय व्यवस्थाका कारण समस्या आएको भन्दै ज्ञवालीले अहिलेको नीति परिवर्तन गर्ने बेला भएको दाबी गरे ।

यता एनआईसी एशिया बैंकका सीइओ सुजित शाक्यले पनि प्रोभिजनको अहिलेको व्यवस्था परिमार्जन गर्नुपर्ने बताए । उनले पनि यस विषयमा जोड दिएरै बोलेका थिए । अहिलेको व्यवस्थाका कारण बैंकहरु समस्यामा परेको भन्दै उनले चित्त दुखाई पोखे ।

अहिलेको व्यवस्था अनुसार ऋण खराब हुने बित्तिकै त्यसलाई तुरुन्त प्रोभिजन गर्नुपर्छ । धितो असुली गर्ने प्रक्रिया सुरु गर्ने बितिकै सो फाइल प्रोभिजनमा राखिहाल्नुपर्छ । यसका कारण मुख्य समस्या धितो असुलीको प्रक्रियापछि ऋण तिर्न आउनेहरु बढे पनि सो ऋणको भने प्रोभिजन गरिसकेको हुनुपर्छ । यहि कारण कुमारी बैंकले आफ्ना कर्मचारीहरुलाई राष्ट्र बैंकको इन्सपेक्सन आउने बेलामा धितो असुली पनि सुरु भएका तर, प्रोभिजन पनि नगरेका फाइल लुकाउन निर्देशन दिने गरेको छ । सो निर्देशनको इमेल नै बैंकिङ संसार डटकमले केहि समय अघि सार्वजनिक गरेको थियो । यसरी फाइल लुकाएर राष्ट्र बैंकलाई नै गिज्याउने कुमारी बैंकका सीइओ राम चन्द्र खनालले भने अर्थमन्त्रीसँगको बैठकमा खासै केहि बोलेनन् ।

कुमारी बैंकका अध्यक्षको परिवार अहिले कहलिएकी सांसद छिन् । केहि पर्यो भने अर्थमन्त्रीसँग उनको सिधा कनेक्सन भएकाले पनि उनले अरु सबै भएको बैठकमा खासै बोलेनन् ।

कुमारी बैंकले सार्वजनिक गर्ने गरेको वित्तीय विवरण नै ‘फेक’ भएको प्रमाण बाहिरियो, क्षितिज खड्काले इमेलमै भने -‘फाइल लुकाउनू’

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

पाठक हाम्रा भगवान् हुन् । भगवानसँग सहयोगको विनम्र अनुरोध गर्न नमिल्ने कुरै भएन । त्यसैले हामी हाम्रा भगवानरुपी पाठकलाई हामीलाई स्वेक्षिक सहयोग गर्न अनुरोध गर्दछौँ । बैंकिङ संसार डटकममा प्रकाशित हुने प्रिमियम स्टोरी निर्माणमा सहयोग गर्न चाहानुहुन्छ भने तपाईंहरु पनि 'स्वेक्षिक सहयोग अभियान'मा सहभागी हुन सक्नुहुनेछ । सो रकमलाई हामी बैंकिङ क्षेत्रका प्रिमियम स्टोरीहरु तयार गर्न प्रयोग गर्नेछौँ ।