काठमाडौँ । बाणिज्य बैंकका सिइओहरुलाई बोलाइएको बैठकमा ३ जना सिइओ नगएको खुलेको छ । अर्थमन्त्रीले बोलाएको बैठकमा राष्ट्रिय बाणिज्य बैंकका सिइओ देवेन्द्र रमण खनाल, कृषि बिकास बैंकका सीइओ गोबिन्द गुरुङ र प्रभु बैंकका सीइओ सुमन शर्मा छलफलमा नगएका हुन् । संयोग नै मान्नुपर्छ अर्थमन्त्रीसँगको बैठकमा नगएका तीनै वटा बैंक केहि समयअघि मात्र कारवाहीमा परेका थिए ।
राष्ट्रिय बाणिज्य बैंक, कृषि बिकास बैंकलाई राष्ट्र बैंकले सचेत गराएको थियो भने प्रभु बैंकका तत्कालीन सीइओलाई राष्ट्र बैंकले ५ लाख रुपैयाँ जरिवाना गरेको थियो ।
राष्ट्रिय बाणिज्य बैंक र कृषि बिकास बैंकका सीइओले आफु काठमाडौँमै नभएको ब्रिफिङ गरेका छन् । तर यी दुईमध्ये एक सीइओ काठमाडौँमै भेटिएका छन् । प्रभु बैंकका सीइओ सुमन शर्माको आज अदालतको अवाहेलना सम्बन्धि पेशी थियो । उनी सो विषयमा वकिलसँग छलफलमा थिए ।
बैठकमा पुगेका एक जना सीइओले आवश्यक तयारी नगर्दा गेटमा केहि बेर कुर्नुपरेको थियो ।

