काठमाडौँ । प्रभु बैंकका सिइओ सुमन शर्मामाथि अदालतको अवाहेलासम्बन्धि मुद्धा दर्ता भएको पाइएको छ । अम्बिर बाबु गुरुङले उनीविरुद्ध सर्वोच्च अदालतमा असार ३० गते अदालतको अवहेलना सम्बन्धि मुद्धा दर्ता भएको गरेका हुन् ।
अदालतले गरेको आदेश सिइओ शर्माले अटेर गरेपछि गुरुङ मुद्धा लिएर सर्वोच्च गएका थिए ।
मुद्धाको पहिलो पेशीमा केस हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीसद्वय कुमार रेग्मी, र नृपध्वज निरौलाको संयुक्त इजलाशमा पेशी परे पनि पहिलो पेशीमा सुनुवाई नभएको सर्वोच्चले जनाएको छ ।
अदालतको अवहेलनाको केसमा दोषी ठहर भए नगद जरिवाना र जेल सजाय दुवै हुनसक्ने कानुनी व्यवस्था छ । दोषी ठहर भएमा उनको सिइओ पद भने जानेछ ।


