काठमाडौं । नेपाल राष्ट्र बैंकले अनुसन्धान तथा कानून कार्यान्वयन गर्ने निकायको अनुरोधलाई समयमै कार्यान्वयन नगरेको भन्दै कृषि विकास बैंक लिमिटेडमाथि नियामकीय कारबाही गरेको छ।
राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका अनुसार विशेष स्थलगत निरीक्षणका क्रममा कृषि विकास बैंकले विभिन्न कैफियत सुधार नगरेको र अनुसन्धान गर्ने निकायबाट आएको अनुरोधअनुसार सम्बन्धित बैंक खाता समयमै रोक्का नगरेको पाइएको थियो।
उक्त कार्य बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली, २०८१ विपरीत भएको निष्कर्ष निकाल्दै राष्ट्र बैंकले बैंकलाई सचेत गराएको जनाएको छ।
राष्ट्र बैंकले भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिन विनियमावली तथा नियामकीय निर्देशनको पूर्ण पालना गर्न कृषि विकास बैंकलाई निर्देशन दिएको छ।


