काठमाडौँ । ३२ बर्ष बैंकमा काम गरेका मुरारी अर्यालले लेखेको पुस्तक ‘चु** क्लब’ बजारमा आउने भएको छ । सो पुस्तक सोमबारदेखि बजारमा आउने लेखक मुरारी अर्यालले बताए । सो पुस्तकमा लेखकले प्रोफेसनल क्षेत्रमा नभनिएका कथा प्रस्तुत गरेको दाबी गरेका छन् ।
सो किताबको मूल्य ९९९ राखिएको छ । लेखक अर्यालका अनुसार हालसम्म ६०० बढीले किताब प्रि बुक गरिसकेका छन् भने यो संख्या बढेको बढ्यै छ ।
यद्यपी नाम किन अश्लील राखियो भन्ने विषय केहि बैंकरले उठाएका छन् । अर्याल भने सो शब्द आफैंमा अश्लील नभएको र कसले कसरी बुझ्ने भन्ने कुराले अर्थ राख्ने बताउँछन् । ‘भल्गर नियत राखेर प्रयोग गरियो भने शब्द भल्गरै हुन्छ , जस्तै मन्दिरको पवित्र घण्टा, तरकारी खाने मुला, मीठो फल केरा, आदि ।होइन भने नेपाली शब्दकोषमा जे जे अर्थ दिएको छ त्यो नै चुतियाको अर्थ हो ।’ अर्यालले भने, ‘इडियट क्लबको अर्थ दिन खोजेको हो । बाँकी कसले कसरी बुझ्छ, त्यो फरक कुरा हो ।’

