चेक अनादर मुद्दामा प्रतिवादी मुना केसीविरुद्ध पक्राउ पुर्जी जारी, वार्षिक १० प्रतिशत ब्याज समेत असुल उपर गर्ने फैसला !

काठमाडौँ। चेक अनादर मुद्दामा प्रतिवादी मुना केसीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। काठमाडौं जिल्ला अदालतले फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंलाई आवश्यक कारवाही गर्न निर्देशन दिएको हो।

अदालतका अनुसार चेक अनादर मुद्दामा मुना केसीबाट १७ लाख ९५ हजार रुपैयाँ बिगो तथा चेकमा उल्लेखित मितिदेखि भुक्तानी नहुँदासम्म वार्षिक १० प्रतिशत ब्याज समेत असुलउपर गर्ने फैसला यसअघि नै भइसकेको थियो।

उक्त फैसला उच्च अदालत पाटनबाट समेत सदर भइसकेपछि प्रतिवादीलाई रकम बुझाउने अवसर दिएको थियो। तर, अदालतले दिएको समयसीमाभित्र प्रतिवादीले बिगो रकम नबुझाएको खुलासा भएको छ।

अदालतको आदेशमा कैद अवधि पूरा भएपछि कानुनबमोजिम बुझाउनुपर्ने बिगो रकम धरौटीमा राखेपछि मात्र प्रतिवादीलाई रिहा गर्न सकिने उल्लेख गरिएको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै