राष्ट्र बैंक ऐन संशोधन विधेककमाथि छलफल

काठमाडौँ। प्रतिनिधिसभा, अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ । समितिको आजको बैठकमा उक्त विधेयकका सम्बन्धमा नेपाल बैंकर्स सङ्घ र बैंक तथा वित्तीय संस्था परिसङ्घका पदाधिकारीसँग छलफल भएको हो।

छलफलमा अर्थ, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंकका प्रतिनिधि पनि सहभागी थिए ।

सरकारले गत जेठ ११ गते सो विधेयक सङ्घीय संसद्मा दर्ता गराएको थियो ।

मुलुकको मौद्रिक तथा वित्तीय प्रणालीलाई थप सुदृढ, विश्वसनीय र समयसापेक्ष बनाउन वाञ्छनीय भएकाले राष्ट्र बैंक ऐनलाई संशोधन गर्न सो विधेयक तर्जुमा गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै