जनउत्थान सामुदायिक लघुवित्तका सिइओले दिए राजिनामा, व्यक्तिगत कारण देखाउँदै राजिनामा दिएको खुलासा !

काठमाडौँ। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल कुमार रायले आफ्नो पदबाट राजिनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै पदबाट राजिनामा दिएका हुन्।

उनले दिएको राजीनामा असार २७ गते बसेको संचालक समितको बैठकले साउन १ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको हो ।

साथै, संस्थाको सोही बैठकले साउन १ गतेदेखि लागु हुने गरी यस संस्थाका विभागिय प्रमुख इन्द्र बरालीलाई निमित्त प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवको जिम्मेबारी दिने निर्णय गरेको छ ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै