सिद्धार्थ बैंकका कर्मचारीमाथि घुस लिने र गैरकानुनी कारोबार गरेको आरोप, दुई जना कारवाहीमा, अब हुन्छ त जेल ?

काठमाडौँ। सिद्धार्थ बैंकले ऋणीसँग घुस वापत पैसा लिने, र ग्राहकसँग गैरकानुनी रुपमा अनुचित कारोबार गर्ने २ कर्मचारीलाई कारवाही गरेको छ । ऋणीको खाताबाट बैंकका कर्मचारी र कर्मचारीका आफन्तकहाँ पैसा गएको प्रमाणित भएपछी सिद्धार्थ बैंकले दुई जनालाई कारवाही गरेको पाइएको हो ।

पछिल्लो समय सिद्धार्थ बैंकका कर्मचारीले ऋणीसँग घुस खाएको प्रकरण सतहमा आएको थियो ।

बैंकले आफ्ना कर्मचारीहरुले ऋणीसँग अनुचित ढंगले कारोबार गरेको स्वीकार गरेको छ । गैरकानुनी रुपमा ऋणीको रकम बैंक कर्मचारीको खातामा पुगेको स्वीकार्दै बैंकले त्यस्ता कर्मचारीलाई कारवाही गरिएको जानकारी राष्ट्र बैंकमा दिएको छ ।

सिद्धार्थ बैंकले नक्कली नेपाली नागरिकताका भरमा भारतीय नागरिकलाईसमेत ऋण दिने गरेको खुलासा भएको छ । भारतीय नागरिकलाई दिएको ऋणका बारेमा  विवाद निस्किएपछि बैंकको यस्तो बदमासी बाहिर आएको हो ।

यसैबीच, सिद्धार्थ बैंकले ठगेको आरोप लगाउँदै पत्रकार सम्मेलन गरेका डीपी ओलीले बैंकका केही कर्मचारीले मसान्तमा ग्राहकका किस्ता आफ्नै पहलमा तिरिदिने र त्यसको बदलामा व्यक्तिगत रूपमा चर्को ब्याज असुल्ने गरेको आरोप समेत लगाएका छन्।

यी आरोपहरू सार्वजनिक भएपछि बैंकको आन्तरिक नियन्त्रण प्रणाली, कर्मचारीको आचरण तथा ऋण व्यवस्थापन प्रक्रियामाथि थप प्रश्न उठेका छन्।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै