सिद्धार्थ इक्विटी फण्ड २ को इकाई निष्काशन हुँदै

काठमाडौँ। सिद्धार्थ क्यापिटलले सिद्धार्थ इक्विटी फण्ड २ को इकाई निष्काशन गर्ने भएको छ। कम्पनीले सामूहिक लगानी कोष सिद्धार्थ इक्विटी फण्ड २ को इकाई निष्काशन गर्ने भएको हो ।

कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १ अर्ब रुपैयाँ बराबरका १० करोड इकाई बिक्री गरेको हो। जसमध्ये न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक सिद्धार्थ बैंक र बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको हो।

यस योजनामा न्यूनतम १०० देखि १ करोड इकाईसम्म वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ। इकाई पूर्ण रुपमा बिक्री नभएमा जेठ ४ गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ।

यस फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन्।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै