सिद्धार्थ बैंकले सुन धितोमा राखेर ५० लाख रुपैयाँसम्म कर्जा दिने, ग्राहकलाई भरपर्दो वित्तीय सेवा उपलब्ध गराउने उद्देश्य !

काठमाडौँ। सिद्धार्थ बैंक लिमिटेडले ‘सिद्धार्थ गोल्ड लोन’ योजना सञ्चालनमा ल्याएको छ । ग्राहकको तत्काल वित्तीय आवश्यकता सहज रूपमा पूरा गर्ने उद्देश्यले बैंकले ‘सिद्धार्थ गोल्ड लोन’ योजना सञ्चालनमा ल्याएको हो ।

यस योजनाअन्तर्गत ग्राहकले आफ्नो सुन तथा सुनका गरगहना धितो राखेर बैंकबाट सहज रूपमा कर्जा लिन सक्नेछन् ।

बैंकका अनुसार यस योजनामार्फत ग्राहकले अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । धितो राखिएको सुनको मूल्यांकनका आधारमा अधिकतम ७५ प्रतिशतसम्म कर्जा प्रवाह गरिने व्यवस्था गरिएको छ ।

बैंकले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रकारका वित्तीय आवश्यकता पूरा गर्न यो योजना प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ ।

ग्राहकलाई छिटो, सुरक्षित तथा भरपर्दो वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यो सुविधा हालका लागि काठमाडौंस्थित न्यूरोड गेट शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ ।

यस योजनासम्बन्धी थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै