११ महिनामा वाणिज्य बैंकहरुले कमाए ६४ अर्ब बढी नाफा, नबिल बैंकको नाफा सबैभन्दा धेरै ! (विवरणसहित)

काठमाडौँ। वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२-८३ को ११ महिनासम्म साढे ६४ अर्ब रुपैयाँ बढी नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले ११ महिनासम्ममा ६४ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ नाफा कमाएका हुन्।

अघिल्लो वर्ष २०८१-८२ को जेठसम्म वाणिज्य बैंकहरुले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा १९.६२ प्रतिशतले बढेको छ।

यस अबधिमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ भने वृद्धिदरका हिसाबले कुमारी बैंक अगाडि रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म १५ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने ५ वटाको घटेको छ। समीक्षा अवधिसम्म नबिल बैंकले ८ अर्ब ४९ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ६ अर्ब ४० करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो बैंकको नाफा ३२.५२ प्रतिशतले बढेको छ।

यता दोस्रोमा सबैभन्दा धेरै नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ। बैंकले ५ अर्ब ९७ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ६ अर्ब ३ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ०.९६ प्रतिशतले घटेको छ। तेस्रो धेरै नाफा कमाउनेमा कुमारी बैंक रहेको छ। बैंकले समीक्षा अवधिसम्म ४ अर्ब ७० करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ३७ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा नाफा ११६८.४५ प्रतिशतले बढेको छ। वाणिज्य बैंकहरुमा यो वृद्धिदर सर्वाधिक हो।

त्यस्तै समीक्षा अवधिसम्म नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४ अर्ब ४९ करोड ११ लाख रुपैयाँ र एभरेष्ट बैंकले ४ अर्ब १२ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म नेपाल इन्भेस्टमेन्ट मेगाले ५ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ र एभेष्टले ४ अर्ब २४ करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा नेपाल इन्भेस्टमेन्ट मेगाको नाफा क्रमशः २१.०५ प्रतिशत र एभरेष्टको २.७७ प्रतिशतले घटेको छ।

उक्त अबधिमा सबैभन्दा कम नाफा एनआईसी एशिया बैंकले ५० करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै