काठमाडौँ। चेक अनादर मुद्दामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङजाको वालिङ नगरपालिका वडा ४ घर भई हाल ललितपुरको गोदावरी नगरपालिका १४ ठैव बस्ने मोहन बहादुर गुरुङ रहेका छन् ।
गुरुङमाथि अदालतले चेक अनादर मुद्दामा २ वर्ष कैद र ५६ लाख जरिवाना हुने फैसला गरेको थियो ।
जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा पेश गरिएको छ ।

