‘जानाजान ऋण नतिर्ने र परिस्थितिले तिर्न नसक्नेबीच वर्गीकरण गर्नुपर्छ’ – नबिल बैंकका सिइओ मनोज ज्ञवाली

काठमाडौँ। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज ज्ञवालीले जानाजान ऋण नतिर्ने र परिस्थितिले तिर्न नसक्नेबीच वर्गीकरण गर्नुपर्ने बताएका छन् । अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

सिइओ मनोज ज्ञवालीले यो समस्यालाई मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने पनि उल्लेख गरेका छन्।

उनले अहिले भइरहेको विभिन्न कारणले बैंकहरु घाटामा जाने स्थिति रहेको पनि बताएका छन्। बैंकहरु घाटामा जानु भनेको राज्य पनि अफ्ठेरोमा पर्नु हो भन्दै उनले मौद्रिक नीतिले यो समस्यालाई सम्बोधन गर्नुपर्ने बताएका छन्।

त्यस्तै, उनले बैंकहरूलाई पूँजी कोष दबाबका कारण लगानी विस्तारमा असर पुगेको भन्दै पूँजी वृद्धिको अनुमति दिन सुझाव दिएका छन् । साथै, बैंकहरुले धेरै नाफा गरे भन्ने गलत भाष्य स्थापित गरिएको उनले गुनासो गरेका छन् ।

ज्ञवालीले अन्य क्षेत्रभन्दा बैंकिङ क्षेत्रका लगानीकर्ताले पाउने प्रतिफल अत्याधिक न्यून रहेको उल्लेख गरेका छन्।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै