काठमाडौँ। गरिमा विकास बैंकले काम गर्ने अवसर खुलाएको छ। बैंकले काठमाडौं उपत्यका, धनगढी र सुर्खेतस्थित शाखाका लागि शाखा प्रबन्धक, चार्टर्ड एकाउन्टेन्ट र सेमी क्वालीफाइड सिए मागेको हो।
बैंकले योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो। इच्छुक उम्मेदवारले बैंकको आधिकारिक करिअर पोर्टलमार्फत २०८३ साउन १५ (३१ जुलाई २०२६) भित्र आवेदन दिन सक्नेछन्।
इच्छुक उम्मेदवारले अद्यावधिक गरिएको बायोडाटासहित बैंकको आधिकारिक करिअर पोर्टलमार्फत आवेदन दिनुपर्नेछ।
प्रारम्भिक छनोटमा परेका उम्मेदवारलाई मात्र भर्ना प्रक्रियाको आगामी चरणमा सहभागी गराइने बैंकले जनाएको छ।


