गरिमा विकास बैंक ‘बेस्ट म्यानेज्ड’ अवार्डबाट सम्मानित

काठमाडौँ। गरिमा विकास बैंक ‘बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६’ बाट सम्मानित भएको छ। न्यू बिजनेस एज लिमिटेडद्वारा मिति २०८३ वैशाख २५ गते, शुक्रबार काठमाडौँमा आयोजित न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्डस्को दशौं संस्करणमा यस विकास बैंक ‘बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६’ अवार्डबाट सम्मानित भएको हो ।

माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा आयोजित अवार्ड वितरण समारोहमा आयोजकको तर्फबाट विकास बैंकलाई उक्त अवार्ड हस्तान्तरण गरिएको हो ।

यस उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित, गुणस्तरीय एवं प्रविधिमैत्री सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यमा थप हौसला प्रदान गरेको छ । यस सुखद अवसरमा यस विकास बैंकलाई निरन्तर साथ, सहयोग एवं माया गर्ने सम्पूर्ण ग्राहकहरु, सेयरधनीहरु, सम्पूर्ण कर्मचारीहरु, नियमनकारी निकायहरु एवं शुभचिन्तकहरु प्रति बैंकले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम एवं नविनतम डिजिटल बैंकिङ् मार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै