‘कर्जा भुक्तानी गर्नु ऋणीको नैतिक र कानुनी दायित्व हो’

काठमाडौँ। नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि सचेतनामूलक सन्देश जारी गरेको छ। राष्ट्र बैंकले आज वित्तीय चेतनाका लागि सचेतनामूलक सन्देश जारी गर्दै कर्जा लिएपछि भुक्तानी गर्नुपर्ने ऋणीको नैतिक र कानुनी दायित्व रहेको स्पष्ट पारेको हो ।

कर्जाका रुपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकोले कर्जा भुक्तानी ऋणीको नैतिक तथा कानुनी दायित्व रहेको राष्ट्र बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बचतलाई निक्षेप रुपमा स्वीकार गर्छन्। उक्त निक्षेप व्यक्ति तथा संस्थाको आवश्यकता पूर्ति गर्न बैंक तथा वित्तीय संस्थाले तोकिएको सर्तहरुको अधीनमा रही कर्जाका रुपमा प्रवाह गर्छन्।

कर्जा उपभोग गर्दा बैंक तथा वित्तीय संस्थाबाट तोकिएको सर्तबमोजिम कर्जाको भुक्तानी गर्नु ऋणीको कानुनी दायित्व रहेको केन्द्रीय बैंकले जनाएको छ। यो हेर्नुहोस्:

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै