गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’ बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड समीट २०२६ मा विकास बैंक समूहतर्फ ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ बाट सम्मानित भएको छ ।

कर्पोरेट बिजनेस म्यागजिनद्वारा असार ४ गते, बिहीबार काठमाडौँको होटल र्याडिसनमा आयोजित कर्पोरेट बिजनेस अवार्ड एण्ड समीटको १८औँ संस्करणमा बैंक उक्त अवार्डबाट सम्मानित भएको हो ।

अवार्ड वितरण कार्यक्रमका विशेष अतिथि तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरी ढकालले बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा विभिन्न व्यवसायिक संघसंस्थाका प्रतिनिधीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

हाल, गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम एवं नविनतम डिजिटल बैंकिङ मार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै