कथाम्न्दु। नेपाल राष्ट्र बैंकबाट लामो समयदेखि सिक्का आपूर्ति हुन नसक्दा भाटभटेनी सुपर स्टोरमा ग्राहकलाई फिर्ता रकम (सिक्का) उपलब्ध गराउन समस्या भएको छ।
भाटभटेनीले सूचना जारी गर्दै सिक्काको अभावका कारण ग्राहकलाई फिर्ता दिनुपर्ने रकम व्यवस्थापन गर्न कठिनाइ भइरहेको जनाएको हो।
यसबाट ग्राहकलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै स्टोरले सकेसम्म क्युआर कोड वा पीओएस मेसिनमार्फत डिजिटल भुक्तानी गर्न अनुरोध गरेको छ।
सूचनामा राष्ट्र बैंकबाट आवश्यक परिमाणमा सिक्का प्राप्त हुन नसकेकाले यस्तो अवस्था सिर्जना भएको उल्लेख गरिएको छ। साथै, ग्राहकको सहयोग र समझदारीप्रति आभार व्यक्त गर्दै अस्थायी रूपमा डिजिटल भुक्तानीलाई प्राथमिकता दिन आग्रह गरिएको छ।


