साउन महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति ? (विवरणसहित)

काठमाडौँ। वाणिज्य बैंकहरूले साउनका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गर्दै २० वटा बैंकमध्ये ६ वटा बैंकले ब्याजदर घटाएका छन् भने १४ बैंकले असारकै ब्याजदरलाई निरन्तरता दिएका हुन्।

असारको तुलनामा साउनमा निक्षेपको औसत ब्याजदर घटेको छ।

बैंकहरुको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर असारको ४.२५८ प्रतिशतबाट घटेर साउनमा ४.१६७५ प्रतिशतमा झरेको छ। त्यस्तै, संस्थागत निक्षेपको औसत दर पनि असारको ३.१८ प्रतिशतबाट घटेर साउनमा ३.११६ प्रतिशतमा झरेको छ।

साउनका लागि राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ सबैभन्दा बढी ०.७५ प्रतिशत र संस्थागततर्फ १ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ। ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशतविन्दुले ब्याजदर घटाएर ४ प्रतिशत कायम गरेको छ।

यता असारको तुलनामा साउनमा एनएमबी बैंकले ०.२५ प्रतिशत, सिटिजन्स बैंक इन्टरनेसनलले ०.१५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डले ०.१ प्रतिशत र कुमारीले ०.०६ प्रतिशतविन्दुले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्।

समीक्षा अवधिमा नेपाल बैंकले व्यक्तिगत ब्याजदर स्थिर (४.२५ प्रतिशत) राखे पनि संस्थागत निक्षेपतर्फको दरमा १ प्रतिशत वृद्धि गरी ४ प्रतिशत पुर्याएको छ।

नबिल बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सानिमा बैंक, माछापुच्छ्रेलगायतका १३ वटा बैंकले असारकै ब्याजदरलाई साउनमा पनि निरन्तरता दिएका छन्।

समीक्षा अवधिमा नेपाल बैंकले भने व्यक्तिगत ब्याजदर स्थिर (४.२५ प्रतिशत) राखे पनि संस्थागत निक्षेपतर्फको दरमा १ प्रतिशतविन्दुको वृद्धि गरी ४ प्रतिशत पुर्याएको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै