काठमाडौँ। स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नरेन्द्र सिंह विष्ट पुन: नियुक्त भएका छन्।
असार ३१ गते बिहान बसेको सञ्चालक समितिको बैठकले विष्टलाई पुन: चार वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
विष्टको हालको कार्यकाल आगामी साउन ८ गते समाप्त हुँदैछ।

