काठमाडौँ। केबिएनआर इस्वा पावर लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीको प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल लिमिटेड नियुक्त भएको छ।
उक्त कम्पनीबीच सम्झौता भएको छ। सम्झौतापत्रमा ज्योति क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र केबिएनआरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले हस्ताक्षर गरेका हुन्।
कम्पनीले एक अर्ब १९ करोड रुपैयाँबराबरको प्रतिकित्ता १०० अंकित दरका एक करोड १९ लाख कित्ता सेयर निष्कासनको तयारी गरेको छ।
ज्योति विकास बैंकको सहायक कम्पनी ज्योति क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ।

