काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंक खाता सञ्चालनमा कडाइ गर्ने भएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशनमार्फत बैंक खाता सञ्चालनमा कडाइ गर्ने व्यवस्था ल्याएको हो।
अब आउँदो असोज मसान्तभित्र नयाँ तथा पुराना सबैमा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ।
बैंक तथा वित्तीय संस्थाले २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट खातावालाको राष्ट्रिय परिचयपत्रको विवरण भए वा नभएको स्वघोषणा लिनुपर्नेछ। बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्र लिएका नेपाली नागरिकको हकमा २०८३ असोजमसान्त भित्र मोबाईल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट सम्बन्धित खातावालाको राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर लिई अद्यावधिक गर्नुपर्नेछ।
राष्ट्रिय परिचयपत्र लिई नसकेका नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्र लिई ग्राहक पहिचान अद्यावधिक गर्न सम्बन्धित खातावालालाई मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट प्रत्येक ६ महिनामा जानकारी दिने व्यवस्था मिलाउनुपर्ने व्यवस्था गरिएको छ।
राष्ट्रिय परिचयपत्र लिई नसकेका नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्र लिई ग्राहक पहिचान अद्यावधिक गर्न सम्बन्धित खातावालालाई मोबाईल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट प्रत्येक ६ महिनामा जानकारी दिने व्यवस्था मिलाउनुपर्नेछ । विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै वसी अनलाइनमार्फत इजाजतपत्रप्राप्त संस्थामा खाता खोल्नु पर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात लिएर समेत खाता खोल्न सक्नेछन् ।
Circular19_Final0331

