स्रोत नखुलेको ५५ लाख ९० हजार सहित दुई जना पक्राउ

काठमाडौँ। स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ परेका छन्। ५५ लाख ९० हजार रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरीको टोलीले उक्त रकमसहित दुई जनालाई पक्राउ गरेको हो।

दुनैबाट छलतर्फ जाँदै गरेको मोटरसाइकलका चालक विष्णुलाल रोकाय र उक्त मोटरसाइकलमा पछाडि सवार भक्ति चन्द्र रोकायलाई प्रहरीले पक्राउ गरेको छ।

स्रोत नखुलेको ५५ लाख ९० हजार रकमसहित उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्