काठमाडौँ। बैंकहरुबाट प्रवाह हुने सेयर धितो कर्जा बढेको छ। चालु आर्थिक वर्ष २०८३-८४ को भदौसम्ममा बैंकहरुबाट प्रवाह हुने सेयर धितो कर्जा १५.२७ प्रतिशतले बढेको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौसम्म बैंकहरुबाट १ खर्ब ६७ अर्ब ८५ करोड ८ लाख रुपैयाँ सेयर धितो कर्जा गएको छ। अघिल्लो आर्थिक वर्ष २०८२-८३ को भदौसम्म बैंकहरुबाट १ खर्ब ४५ अर्ब ६० करोड ९१ लाख रुपैयाँ कर्जा गएको थियो।
अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैंकहरुबाट सेयर धितो कर्जा १५.२७ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको भदौसम्म बैंकहरुबाट १ करोड रुपैयाँ माथिको रेन्जको कर्जा १ खर्ब २१ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ सेयर धितो कर्जा गएको छ। अघिल्लो वर्ष भदौसम्म यो रेन्जको कर्जा १ खर्ब २ अर्ब ३२ करोड ४० लाख रुपैयाँ गएको थियो।
बैंकहरुबाट समीक्षा अवधिसम्म ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १८ अर्ब ८४ करोड १ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १८ अर्ब ६५ करोड ८६ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८ अर्ब ८० करोड ७० लाख रुपैयाँ गएको छ। अघिल्लो वर्ष भदौसम्म बैंकहरुबाट ५० लाख रुपैयाँमाथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १७ अर्ब ९० करोड २१ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १७ अर्ब २६ करोड ८३ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८ अर्ब ११ करोड ४६ लाख रुपैयाँ गएको थियो।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा ५.२४ प्रतिशत, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८.०५ प्रतिशत र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा भने ८.५३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।


