सिद्धार्थ बैंकको २ लाख ७२ हजार बढी संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले २ लाख ७२ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बैंकको संस्थापक समूहको २ लाख ७२ हजार ७३७ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा हाललाई बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

इच्छुक संस्थापक सेयरधनीले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा निवेदन पेस गर्न सक्नेछन्। यसका लागि ३५ दिनको म्याद दिइएको छ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन प्राप्त नभएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै