काठमाडौँ। मुक्तिनाथ विकास बैंकका सिइओ तारा मानन्धरको कार्यकाल पूरा नहुने संकेत देखिएको छ । प्रभु बैंक घोटाला प्रकरणमा अनुसन्धानमा तानिएपछि उनले बैंक छाड्नुपर्ने स्थिति आउन सक्ने संकेत देखिएको हो ।
उनी जेठ १ गतेमात्रै बैंकको कार्यभार सम्हाल्न पुगेका थिए । गत चुनावमा नेपाली काँग्रेसका लागि बैंकको स्रोतको चरम दुरुपयोग गरेको आरोप लागेको बैंकमा ४ बर्षका लागि सीइओ बन्न पुगेका मानन्धर ४ महिनामै सीइओबाट निस्कनुपर्ने हुन सक्ने संकेत देखिएको छ ।
उनीविरुद्ध जानकी मेडिकल कलेजको प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
बैंकले नयाँ सिइओ पाउनेबित्तिकै अदालतलाई नै अटेर गरी लिलामी प्रक्रिया अघि बढाइएको पाइएको छ । अदालतको आदेश एकातर्फ हुँदाहुँदै बलजफ्ती रुपमा लिलामी प्रक्रिया अघि बढाइएको भन्दै पिडितहरुले विभिन्न निकाय गुहारेपछि यस्तो तथ्य बाहिर आएको हो ।
बैंकका सिइओ मानन्धरले जेठ १ गतेदेखि कार्यभार सम्हालेका हुन्। बैंकका तत्कालीन सिइओ प्रद्युमन पोखरेलको कार्यकाल वैशाख मसान्तबाट सकिने भएसँगै बैंक सञ्चालकले सिइओमा उनलाई नियुक्त गरेको थियो।
बैंकको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरलाई आगामी जेठ १ गतेबाट लागू हुने गरी ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो।
मानन्धरले विभिन्न वाणिज्य बैंकको व्यवस्थापकीय भूमिकामा रहेर काम गरिसकेका छन्। तर, हाल भने प्रभु बैंक घोटाला प्रकरणमा अनुसन्धानमा तानिएपछि उनले बैंक छाड्नुपर्ने स्थिति आउन सक्ने संकेत देखिएको हो ।


