मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर खरिद गर्ने समय अवधि थप

काठमाडौँ। मुक्तिनाथ विकास बैंकले संस्थापक सेयर खरिद गर्ने समयअवधि थपेको छ। बैंकले जेठ ७ गतेदेखि १४ गतेसम्मका लागि सर्वसाधारणमा बिक्री खुला गरेको संस्थापक सेयरको आवेदन दिने अवधि थपेको हो।

सरकार जेठ १४ गते सर्वजनिक बिदा दिएकाले अब सो सेयरमा जेठ १८ गतेसम्म आवेदन दिनेछ। बैंकले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको १ लाख ५६ हजार २८३ कित्ता सेयर बिक्रीमा राखेको हो।

सो सेयर खरिदका लागि न्यूनतम २५ हजार कित्ता सेयर आवेदन दिन सकिनेछ भने बढी आवेदन दिन चाहनेहरूले १० अंकको गुणाङ्कनमा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै