काठमाडौँ। एनएलजी इन्स्योरेन्सले कम्पनी लिमिटेडले हिमालयन बैंक लिमिटेडको १०० कित्ता संस्थापक सेयर खरिद गरेको छ ।
हिमालयन बैंकले प्रकाशित गरेको ७ दिने सार्वजनिक सूचनाअनुसार संस्थापक सेयरधनी जयन्त कुमार अग्रवालको स्वामित्वमा रहेको १०० कित्ता संस्थापक से यर एनएलजी इन्स्योरेन्सको नाममा नामसारी हुने प्रक्रिया अघि बढाएको हो ।
बैंकका अनुसार यसअघि विद्यमान संस्थापक सेयरधनीलाई खरिदका लागि अवसर दिँदा कुनै निवेदन नपरेपछि सर्वसाधारण, फर्म तथा संगठित संस्थाका लागि आवेदन खुला गरिएको थियो ।
सोही प्रक्रियाअन्तर्गत एनएलजीले आवेदन दिएको थियो । बैंककाअनुसार आजको ७ दिनभित्र कुनै दाबी वा उजुरी नआएमा उक्त १०० कित्ता संस्थापक सेयर एनएलजीको नाममा नामसारी गर्नेछ ।


