धरान ११ का पूर्ण घिमिरे हिमालय बैंकबाट ठगिए, अदालतबाट न्याय पाएपनि ६३ हजार अझै पाएनन्, थाले विरोध !

काठमाडौँ। हिमालय बैंकबाट एक जना व्यक्ति ठगिएको पाइएको छ। धरान ११ का पूर्ण घिमिरे हिमालय बैंकबाट ठगिएका हुन्। अदालतबाट न्याय पाएपनि ६३ हजार हालसम्मपनि उनले नपाएको गुनासो गरेका छन्।

पछिल्लो समय बैंकिङ सेवासम्बन्धी गुनासाहरू बढ्दै गएको देखिएको छ। सेवाग्राहीले सार्वजनिक स्थलमा पोस्टरमार्फत आफ्नो असन्तुष्टि व्यक्त गर्दै खाताबाट रकम अनधिकृत रूपमा काटिएको र ऋण तथा ब्याजसम्बन्धी समस्याहरू भोग्नु परेको दाबी समेत गरेका छन्।

उक्त पोस्टरमा ‘हिमालयन बैंकले फेरि नागरिकको खाताको पैसा लुट्यो’ भन्ने आरोप लगाइएको छ। सेवाग्राहीले पटक-पटक बैंकमा सम्पर्क गर्दा पनि उचित समाधान नपाएको भन्दै नियामक निकायसँग छानबिनको माग गरेका छन्।

साथै, उनले प्रमाण उपलब्ध गराउन तयार रहेको उल्लेख गरेका छन्। बैंकिङ क्षेत्रका विज्ञहरूका अनुसार यस्ता गुनासाहरूलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ। ग्राहक सेवामा पारदर्शिता, स्पष्ट सूचना प्रवाह, र गुनासो समाधान प्रणालीलाई थप सुदृढ बनाउने आवश्यकता औंल्याइएको छ।

यस घटनाबारे सम्बन्धित बैंकको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ। नेपाल राष्ट्र बैंकले समेत यस्ता विषयमा निगरानी बढाउँदै उपभोक्ता अधिकारको संरक्षण गर्नुपर्ने माग उठिरहेको छ।

 

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै