काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच सम्झौता भएको छ। बैंक र कर्मचारी सञ्चय कोषबीच कर्मचारी सञ्चय कोषका कर्मचारीलाई लक्षित गर्दै विशेष बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्याल तथा कर्मचारी सञ्चय कोषको तर्फबाट का.मु सह प्रसाशक भरतराज वस्तीले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार, माछापुच्छ्रे बैंकले कर्मचारी सञ्चय कोषका कर्मचारीहरूका लागि प्रिमियम सुविधा सहितको तलब व्यवस्थापन खाता सञ्चालन गर्नेछ।
यो सुविधा मार्फत कर्मचारी सञ्चय कोषका कर्मचारीहरूले सहज, सुरक्षित र आधुनिक बैंकिङ सेवा प्राप्त गर्नेछन् । तलब व्यवस्थापन खातासँगै बैंकले ग्राहकको आवश्यकतालाई ध्यानमा राखी विभिन्न अतिरिक्त बैंकिङ सेवाहरू समेत उपलब्ध गराउनेछ ।
यसअन्तर्गत बचत तथा निक्षेप सुविधा, डिजिटल बैंकिङ सेवा, कर्जा सुविधा, कार्ड सेवा लगायतका बैंकिङ सुविधाहरू समावेश रहनेछन् ।


