काठमाडौँ। बैंकिङ कसुर मुद्दामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। दुई वटा बैंकिङ कसुर मुद्दामा कैद तथा जरिवाना ठहर भई फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा संखुवासभाका दुर्गा बहादुर भण्डारी रहेका छन् ।
उनी काठमाडौँ जिल्ला अदालत, ववरमहलले उनीमाथि ८ दिन कैद र १७ लाख जरिवाना फैसला गरेपछि फरार भएका थिए।
काठमाडौं अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंको बौद्धबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालत ववरमहलमा पेस गरेको छ ।

