हिमालयन बैंकका सञ्चालकको राजीनामा एक महिनापछि स्वीकृत

काठमाडौँ। हिमालयन बैंकका सञ्चालक सुनिल बहादुर थापाले राजीनामा दिएका छन्। थापाले गत फागुन १५ गतेबाट लागू हुने गरी बैंकको सञ्चालकबाट राजीनामा दिएका हुन्।

तर, उनको राजीनामा एक महिनापछि स्वीकृत भएको छ। थापाले दिएको राजीनामा सञ्चालक समितिले मंगलबार स्वीकृत गरेको हो।

थापा बैंकमा संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक थिए।

उनले गत माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचित भएपछि बैंकको सञ्चालकबाट राजीनामा दिएका हुन्।

 

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै