हिमालयन बैंकका प्रबन्धकमाथि दुर्व्यवहार गर्ने महिला पक्राउ

काठमाडौँ। हिमालयन बैंक लिमिटेडको पाल्पा शाखाका प्रबन्धकमाथि कार्यकक्षमै दुर्व्यवहार र हातपात गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा ४५ वर्षीया मञ्जु रेग्मी रहेकी छिन्।

तानसेन नगरपालिका २, मेलधाराकी करिब ४५ वर्षीया मञ्जु रेग्मी ४० लाख रुपैयाँ ऋण लिन बैंक पुगेकी थिइन्। उनले हिमालयन बैंक लिमिटेडको पाल्पा शाखाका प्रबन्धकमाथि कार्यकक्षमै दुर्व्यवहार र हातपात गरेको खुलासा भएको थियो।

उनले धितोका रूपमा राख्न खोजेको ‘गोरेटो बाटोको जग्गा’ बैंकको नीति तथा नियमअनुसार स्वीकार्य नभएको भन्दै प्रबन्धक प्रकाश सुवेदीले ऋण दिन नसकिने जानकारी दिएका थिए।

विवाद चर्किंदै जाँदा उनले प्रबन्धक सुवेदीमाथि हातपात गरेको आरोप जाहेरीमा उल्लेख गरिएको छ। हाल उनी प्रहरीको फन्दामा परेकी छिन्।

ऋण नपाएको झोकमा हिमालयन बैंक पाल्पा शाखाका म्यानेजरमाथि हातपात, ४५ वर्षीया मञ्जुविरुद्ध जाहेरी !

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै